पहिचानको नाममा अराजक बन्दै- महतो


नेपालको पुरातन इतिहासमा पहिचान संस्कार सास्कृतिक आधारमा पहिचानको खोजि कार्य गरिन्थ्यो। पछिल्लो समय १० वर्ष जनयुद्ध यता भने जात जातीयताको आधारमा पहिचानको आन्दोलन सिर्जना हुदै आएको छ । जसलाई जात जातीयताको अर्थ अनि परिभाषा थाहा छैन । उसले जातीय पहिचान खोज्दै क्रान्ति गर्छु भनेर हिड्ने गरेको पाइन्छ । वास्तवमा जातको आधारमा पहिचान खोज्नेहरुले जात व्यवस्था कहिले देखि लागु भयो ? किन लागु भयो? जात के हो ? भनेर बुझ्नु होस् र बुझेर नेपालीजनतालाई यसको जवाफ पनि दिनुहोस् ।
पहिचानको नाममा नेपाली दाजुभाइ दिदीबहिनीहरु माथि भावनात्मक आक्रमण गरि जातीय द्वन्द गराउने काम तत्काल बन्दगरियोस। किनकि दशकै देखि साथमा बसेबास गरेका साथमा चुलोचौको गरेर बसेका नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु माथि जातीयता को आधारमा एक अर्कामा फुट्ल्याउने काम तत्काल बन्दगरियोस । जसले जात आधारमा पहिचान खोज्दैछ्न ।त्यसको मुल्यचुकाउनु पर्छ ।
आज नेपालमा जातीय पहिचानको नाममा राष्ट्रिय मुक्ति क्रान्ति नाममा तथाकथित आन्दोलन अगुवा अङ्कित नागरिक भएर नेपाली जनतालाई एक आपसमा द्वन्द गराउन लाज पचेका राजेन्द्र महतोलाई हेक्का रहोस् तपाई अङ्गकृत नागरिक हो । त्यसैले आजै देखि आन्दोलनको नाममा नेपाली जनतालाई दुख दिने काम बन्द गर्नु होस् । यसको ठुलो मुल्य चुकाउनु पर्ला होशियार ।
यो देश अङ्गकृत नागरिकको बृता हैन किनकि जातको नाममा नेपाली जनतालाई एकआपसमा लडाउनाका निम्तिका, त्यसैले नेपाल साझा फुलबारी हो । फुलबारी छ हुन्छ, रहन्छ । त्यसैले जातीयता को नाममा तथाकथित पहिचान को आन्दोलन गर्नु नै तपाईंको मुर्खता हो ।त्यसैले राजेन्द्र महतोले यस्तो आन्दोलन गर्न बन्द गर्नु पर्छ । जुनबाटो नेपाल आउनु भएको हो त्यहि बाटो लाग्दा हुन्छ । यदि नेपाली जनतालाई जातीयता को आधारमा लडाउने आन्दोलन कुनै हालतमा सफल हुन दिनु हुदैन ।जातजतिलाई लडाउने काम बन्द नगरे राज्यले जेल हाल्नु पर्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको