
नेपालवाणी / जनकपुरधाम
मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जसपा नेपाल प्रवेश गरेका छन् । महोत्तरी र पर्साबाट स्वतन्त्रबाट निर्वार्चित दुई सांसद जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा मधेशका मुख्यमन्त्री सरोज कुमार यादवको उपस्थितिमा प्रवेश गरेका हुन् ।
महोत्तरी क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद सूरिता कुमारी साह र पर्सा क्षेत्र नं. ३ (कं) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन् । उनीहरु दुवैजनालाई पार्टी अध्यक्ष उपेन्द्र यादव तथा सांसदहरु प्रदीप यादव, राजकिशोर यादव सहितका पदाधिकारीहरुले पार्टीमा स्वगत गरेको हो ।
सुरिता कुमारी साह यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर यस वर्ष गठबन्धन दलहरुमा महोत्तरी क्षेत्र नं. २ (ख) काँग्रेसको भागमा परेपछि सुरिताले टिकटबाट बञ्चित भएकी थिईन् । तर स्वतन्त्र बनेर निर्वाचनमा होमिएकी उनले भारी मतका साथ नेपाली काँग्रेस महोत्तरीका सभापति नागेन्द्र यादवलाई पराजित गर्दै विजयी भएका थिए ।