सिरहाको सौर्या सिमेन्ट उद्योगमा चट्याङ लागेर ट्रक चालकको मृत्यु


सिरहा : सिरहामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

जिललाको मिर्चैयामा चट्याङ लागेर ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालक
रौतहटको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतमको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

वर्षासँगै परेको चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको