यू–१७ एसियन कप छनोट : जोर्डनमाथि नेपालको सानदार जित


काठमाडाैं : एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले सानदार जित निकालेको छ। शुक्रबार साँझ भएको खेलमा नेपाली युवा टिमले आयोजक जोर्डनमाथि ४–१को सानदार जित निकाल्यो।

यो जितसँगै छनोट अघिल्लो चरण पुग्ने नेपालको सम्भावना कायमै छ। तीन टिम सहभागी समूहको अन्तिम खेलमा अब जोर्डन र इरानबीच हुने छ। यो खेल इरानले जिते नेपाल समूह विजेता बन्दै अघिल्लो चरण पुग्ने छ।

खेल बराबरी या इरानले जिते उ नै अघिल्लो चरण पुग्ने छ। यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो।

अर्को वर्ष इन्डोनेसियामा प्रतियोगितामा आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको