साउन ३ || जनता समाजवादी पार्टी, नेपाल निकट युवा भातृसंगठन समाजवादी युवा संघ, नेपालको मधेशका जिल्ला समितिहरूले आज बिशेष बैठक बसेको थियो।
मधेश प्रदेशका आठवटा जिल्लाका समितिहरूको बैठक बस्ने भनिएपनि चार जिल्लाको बैठक आज सम्पन्न भयो। अन्य चार जिल्लाहरूले पनि छिटै बैठक बसि संगाठनिक र जनसरोकारका मुद्दाहरूका लागि संघर्षका बारेमा जिल्ला स्तरबाटै निर्णय गर्ने छन भनि प्रदेश युवा समितिका मुख्यसचिव दिपेन्द्र कापरीले बताए।
आज पर्सा, बारा, धनुषा र सिराहा जिल्ला समितिहरूको बैठक बसेको थियो।

पालिका र क्षेत्रिय समितिहरू गठन, पुनर्गठन तथा सदस्यता वितरण कार्यक्रम संचालन गर्ने गरि निर्णय गरेको पर्सा जिल्ला अध्यक्ष इजहारूल हवारीले बताए। त्यसै गरि आजको बैठकमा युवाहरूको पार्टी प्रवेश गराउदै बारा जिल्ला समितिको बैठक बसेको, बैठकले संगठन विस्तार र बाँकी रहेको पालिकाहरूको अधिवेशन सम्पन्न गर्ने र सदस्यता वितरण गर्ने निर्णयका साथ साथै किसानका मलखाद्यको समस्याहरूका लागि संघर्ष गर्ने निर्णय गरेको बारे जिल्ला अध्यक्ष दिपेन्द्र गौरभले जानकारी थिए।

धनुषा जिल्ला समितिले बिभिन्न राजनिति मुद्दामा छलफल गरेर मधेश प्रदेश सरकारको आर्थिक बर्ष ८२/८३ को बजेटमा भएको अनियमितत्ता बारे आइतबार बिरोध प्रदर्शन नै गर्ने गरि निर्णय गरेको अध्यक्ष मदन साहले जानकारी दिनु भयो।
हरेक बर्ष बर्षा नभएर जिल्ला नै सुख्खाग्रष्त हुने गरेको र यस बिषयमा सरकारको ध्यान नभएकाले ध्यानाकर्षण गराउनका लागि युवाहरूलाई संगठित गरेर चरणबद्ध संघर्ष गर्ने र सिराहा जिल्लाका सबै पालिकामा संगठन निर्माण अभियान नै चलाउने गरि बैठकबाट निर्णय गरेको भनि अध्यक्ष डा लोकेश यादवले बताए।

आजको बैठक एकदमै सफल रह्यो र बिभिन्न जनसरोकारका बिषयमा ठोस निर्णयहरू जिल्ला समितिहरूले गरेका छन। संगठन निर्माण देखि किसानको मलखाद्य, मधेशका जिल्लाहरूलाई सुख्खग्रष्त घोषण, प्रदेश सरकारको बजेट अनियमितत्ता, भुमि विद्येयक बारे बैठक बसेरै जिल्ला जिल्लाका समितिहरूले छलफल र निर्णय गरेका छन। यो एउटा राम्रो सुरूवात देखिएको छ। युवाहरू जनसरोकारका बिषयमा संगठित भएर एउटा निर्णयक भुमिका निभाउन अगाडि बढेको देखिन्छ। वहाँहरूको संघर्षमा केन्द्र र प्रदेश समितिको साथ रहने छन्। हामी युवा संगठनलाई सकृय र सशक्त बनाउन चाहन्छौं भनि संघका केन्द्रिय उपाध्यक्ष रेणु सिंहले बताए।


तपाईको प्रतिक्रिया !