नेपालका लागि भारतीय राजदूतको बीरगंज भ्रमण

नागरिक पाना
२०८३ भाद्र २८, आईतवार ०३:००

 

नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवज्यूले ११-१२ सेप्टेम्बर २०२६ मा बीरगंज को भ्रमण गर्नुभयो। ११ सेप्टेम्बरमा राजदूत ज्यूले आईसीपी, बीरगंजको भ्रमण गर्नुभयो र बीरगंज भन्सार प्रमुख र टर्मिनल प्रमुख लगायतका अधिकारीहरूसँग भेट गर्नुभयो। त्यसपछि उहाँले आईसीपी रक्सौलको पनि भ्रमण गर्नुभयो र सीमापार व्यापार सहजीकरण र समन्वयको समीक्षा गर्न एलपीएआई, एसएसबी, भन्सार, अध्यागमन, प्लान्ट क्वारेन्टाइन र एफएसएसएआईका वरिष्ठ अधिकारीहरूसँग भेट गर्नुभयो।

पछि उहाँले रक्सौल स्थित भारतीय दूतावास बंगलाको भ्रमण गर्नुभयो र बिरुवा रोप्नुभयो। साँझ उहाँले भारत-नेपाल सहयोग मञ्च र नेपाल-भारत मैत्री संघका प्रतिनिधिमण्डलहरूलाई भेट्नुभयो, त्यसपछि उद्योगपतिहरू र बीरगंज उधोग वाणिज्य संघ, एनआईसीसीआई र एनवाईईएफका सदस्यहरूसँग अन्तरक्रिया गर्नुभयो। १२ सेप्टेम्बर बिहान वहाँले स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया गर्नुभयो।

भेटघाटका क्रममा राजदूतज्यूले भारत र नेपालबीचको गहिरो र दिगो मित्रतामा जोड दिनुभयो र नेपालको विकासप्रति भारतको प्रतिबद्धतालाई दोहोर्याउनु भयो।

वहाँले नेपाललाई भारतको निरन्तर बाढी राहत सहयोगको बारेमा पनि जानकारी गराउनुभयो। उहाँले २६ अगस्ट २०२६ देखि भारतले १३० टनभन्दा बढी राहत सामग्रीहरू जस्तै आश्रय, कम्बल, स्वच्छता किट, सौर्य बत्ती र औषधि सहित,सहित ८ वटा भारतीय वायुसेना उडानहरू पठाएको जानकारी दिनुभयो, चिलिमे र लाङटाङमा सञ्चालनका लागि विशेष सुरुङ उद्धार टोली सहित ५४ विशेषज्ञ कर्मचारीहरू खटाएको जानकारी दिनुभयो, डीएनए किट र फोरेन्सिक सहयोग प्रदान र कनेक्टिभिटी पुनर्स्थापित गर्न बेली ब्रिजहरूको लागि उपकरणहरू आपूर्ति, जसमा २३० फिटको पुलको लागि १६ ट्रक र थप सात पुलहरूको लागि सामग्री समावेश छ।