लोकतान्त्रिक विद्यार्थी संघद्वारा स्ववियु निर्वाचनलाई लक्षित गरी परिपत्र जारी


काठमाडौं, २०८१ माघ १२ – लोकतान्त्रिक विद्यार्थी संघले आगामी त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई मध्यनजर गर्दै सबै प्रदेश, जिल्ला, नगर, र इकाई कमिटीहरूलाई परिपत्र जारी गरेको छ।

संघका केन्द्रीय महासचिव सुमन कुमार यादवद्वारा जारी गरिएको परिपत्रमा २०८१ चैत ५ गते सम्पन्न गर्ने गरी प्रस्तावित स्ववियु निर्वाचनका लागि तयारी गर्न निर्देशन दिइएको छ। क्याम्पस इकाईहरूसँग समन्वय गरी निर्वाचन केन्द्रित सक्रिय गतिविधि सञ्चालन गर्न, कमिटी गठन वा पुनर्गठन गर्न, र सम्भावित उम्मेदवारहरूको सूची सहित सम्पूर्ण विवरण १५ दिन भित्र केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरिएको छ।

यस परिपत्रले सबै इकाई कार्यसमितिहरूलाई स्ववियु निर्वाचनमा सक्रिय सहभागिता सुनिश्चित गर्न, योजनाबद्ध रूपमा अघि बढ्न, र संगठनात्मक संरचनालाई सुदृढ गर्न विशेष जोड दिएको छ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूमाझ स्ववियु निर्वाचनलाई प्रभावकारी र सफल बनाउन संघले आवश्यक कदम चालेको बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको