नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठद्वारा राजीनामा

नागरिक पाना
२०८१ चैत्र १३, बुधबार १४:११

काठमाडौं — नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएका छन्। हाल उनी राष्ट्रिय योजना आयोगका सदस्य रहेका छन्।

राष्ट्र बैंकको गभर्नर पदका आकांक्षी श्रेष्ठले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनी सम्भावित गभर्नरका उम्मेदवारहरूमध्ये एक मानिन्छन्।

श्रेष्ठको राजीनामापछि उनको आगामी भूमिका र गभर्नर चयन प्रक्रियासँग यसको सम्बन्धबारे चासो बढेको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।