छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा सातै प्रदेशका कर्मचारीलाई तीनदिने प्रविधि तथा केवाईसी सम्बन्धी तालीम सुरु


काठमाडौं —
नयाँ वर्ष २०८२ को सुरुवातसँगै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड को केन्द्रीय कार्यालयको आयोजनामा सातै प्रदेश अन्तर्गतका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई लक्षित गर्दै तीनदिने आधारभूत हार्डवेयर, नेटवर्किङ, सम्पत्ति शुद्धिकरण (AML) तथा Know Your Customer (KYC) सम्बन्धी तालीम सुरु गरिएको छ।

उक्त तालीम काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सञ्चालन भइरहेको छ।
प्राविधिक दक्षता अभिवृद्धि तथा नियामकीय विषयमा कर्मचारीहरूको ज्ञान थप सशक्त बनाउन तालीमको आयोजना गरिएको संस्थाले जनाएको छ।

तालीमको पहिलो दिन संस्थाका उच्च अधिकारीहरूले प्रशिक्षणको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए। साथै, डिजिटल बैंकिङ प्रविधि, डेटा सुरक्षा, नेटवर्क संरचना, ग्राहकको पहिचान, तथा अवैध सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी कानुनी पक्षमा समेत प्रशिक्षण दिइने कार्यक्रम रहेको छ।

छिमेक लघुवित्तले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीहरूको सीप र ज्ञान विस्तारलाई प्राथमिकतामा राख्दै यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको