
काठमाण्डौ, बैशाख २८ । नेपालको इतिहास, राजनीति, प्रशासन र जनजीवनका अन्य आयामहरुमा कौशिक गोत्रीय रेग्मीहरुको महत्वपूर्ण योगदान रहेकोमा यसका वारेमा नियमित बौध्दिक बहसको आवश्यकता महशुस गरि कौशिक गोत्रीय रेग्मी बन्धु समाजले रेग्मी बौध्दिक बहस श्रृंखला आरम्भ गरेको छ । समाजको स्थापना दिवसको दिन गत वर्ष चैत्र सात गते वाट भौतिक रुपमा शुरु भएको मासिक वहस कार्यक्रम यस वर्ष बैशाख २८ गतेवाट भर्चुअल प्रणालीमा समेत शुरुवात भएको कौशिक गोत्रीय रेग्मी बन्धु समाजले जनाएको छ ।
समाजले बैशाख २८ गते साहित्यकार तथा संवार्ताकार नगेन्द्रराज रेग्मीको प्रस्तुति रहेको नेपालको पूर्वी भेगमा रेग्मीहरुको विस्तारका रोचक प्रसङ्गहरु, रेग्मीहरुको साहित्यिक योगदान विषयमा बौध्दिक बहसको आयोजना गरेको छ । उक्त बहस कार्यक्रममा बक्ताले बझांगको रेगाम देखि खोटांग मार्से सम्म रेग्मीहरुको विस्तार र उहांहरुको योगदानको चर्चा गर्दै रेग्मीका हाम्रा अग्रज पुस्ताहरु धार्मिक बौध्दिक र कर्तव्यपरायण रहेकोले हामी वर्तमान र भावी सन्ततिको लागि असल मार्गदर्शन रहिरहने वताउनु भयो ।आफ्ना शताव्दी पुरुष पिता र माताको नाममा तुलसी मन प्रतिष्ठान स्थापना भएको र सो प्रतिष्ठान र कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वीचमा सहकार्य हुने कुरा वताउनु भयो ।
नगेन्द्रराज रेग्मीको कार्यपत्रमाथि समीक्षा गर्दै प्रा. डा. दानराज रेग्मीले नगेन्द्रराज रेग्मीको कार्यपत्रले रेग्मीहरुको वारेमा उजागर हुन नसकेका धेरै कुराहरुलाई उजागर गरेको र रेग्मी बन्धुहरुले नेपाली समाजमा धेरै योगदान दिन सक्ने संभावना रहेको वताउनु भयो । पहिलो श्रृंखलामा डा. दामोदर रेग्मी वाट प्रस्तुत भएको डिल्लीरमण रेग्मीको व्यक्तित्व र कृतित्व समेतमा आधारित भएर तयार भएको प्रस्तुति यस वर्षको स्मारिकामा प्रकाशन भैसकेको र नगेन्द्रराज रेग्मीको कार्यपत्र आगामी दिनमा प्रकाशन गरिने कुरा वताउनु भयो ।
बौध्दिक बहस श्रृंखला यो अवधारणा प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीले धेरै अगाडी ल्याउनु भएको भएतापनि यसलाई गत चैत्रवाट कार्यरुप दिइएको र मासिक रुपमा सञ्चालन हुने यस कार्यक्रको संयोजक डा. दामोदर रेग्मी तोकिनु भएको कुरा समाजका अध्यक्ष निल प्रसाद रेग्मीले वताउनु भयो । उहांका अनुसार विश्वभरिमा कौशिक गोत्रीय रेग्मीको संख्या छ लाखको हाराहारीमा रहेको र सवै रेग्मीको साझा थलोको रुपमा समाज अघि वढिरहेको अध्यक्ष रेग्मीले वताउनु भयो । डोटिमा रहदा सम्म हाम्रा पुस्ताहरु जोशी थरवाट चिनिनु हुने गरेको र बझांगको रेगाममा आएका पुस्ताहरु रेग्मी वाट चिनिन थाल्नु भएको हो । रेगाम हुदै पूर्व तर्फ वसाइ सराइ गरेकाहरुको थर रेग्मी रहन गएको हो । यसरी रेग्मी र जोशी दुवै एकै हुन् यस समाजमा यी दुवै थरहरुको सहभागिता रहने कुरा उहांले वताउनु भयो । समाजमा धेरै अभिभावकीय व्यक्तित्वहरुको सहभागिता रहेको र आज समाजको भावी कार्यक्रमको वारेमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीस सम्ममाननीय खिलराज रेग्मीज्यू संग सौहार्द कुराकानी भएको वताउनु भयो। समाजलाई बझांग रेगाममा दुइ रोपनी जग्गा प्रदान गर्नु हुने दानवीर श्री मदनराज जोशी र चितवनमा एक कठ्ठा जग्गा प्रदान गर्नुहुने दानवीर श्री तिर्थराज रेग्मी प्रति समाजको हार्दिक सम्मान रहेको वताउनु भयो ।
बौध्दिक बहस श्रृंखला कार्यक्रमका संयोजक डा. दामोदर रेग्मीले रेग्मीहरु वीचमा प्राज्ञिक बहस आवश्यक भएकोले यो श्रृंखलाको शुरुवात गरिएको र आगामी दिनमा यसका विषयवस्तु कभरेज बढाइदै जाने कुरा वताउनु भयो । आगामी दिनहरुमा यस्ता बहसहरुलाई फेसवुक लाइभ र युट्युवमा पनि राखिने कुरा वताउनु भयो । साथै विशिष्ट योगदान दिनु भएका रेग्मीहरुको जिवनीको युट्युव पनि तयार गरिने कुरा उहांले वताउनु भयो । समाजले प्रकाशन गरेको वंशावली र यस वर्ष प्रकाशित कौशिक स्मारिका गतिलो ऐतिहासिक दस्तावेजको रुपमा रहने वताउनु भयो ।
समाजका कोषाध्यक्ष बुध्दिप्रसाद रेग्मीले अति राम्रो शुरुवात भएकोमा संयोजक र प्रस्तोता लाई धन्यवाद दिदै समाजको नेटवर्क अव विदेशमा समेत विस्तार हुदै गएको र दुवइमा समिति गठन भएको कुरा वताउनु भयो ।समाजका सचिव डा. तेजराज जोशी रेग्मीले रेगाम खप्तड पर्यटकीय आयोजना शुरुवात गर्ने काममा समाज लागि रहेको वताउनु भयो । सदस्य सुदर्शन प्रसाद रेग्मी ले अहिले सर्लाहीमा समाजको गतिविधि व्यवस्थापन भैरहेको वताउनु भयो।
सहभागीहरुको तर्फवाट डा. अम्बिका रेग्मी र पप्पीदेवी रेग्मीले रेग्मीहरुको वुहारीको हैसियतमा समाजको उन्नति र प्रगतिमा आफूहरुको सदा सकारात्मक सहभागिता रहने कुरा वताउनु भयो। महिला समिति संयोजक उमा रेग्मीले समाज क्रियाशील बन्दै गैरहेकोमा खुशी व्यक्त गर्नु भयो। इतिहासविद कमलदेव रेग्मीले यस्तो कार्यक्रम थप व्यवस्थित बन्दै अगाडी बढ्दै जानु पर्ने कुरा राख्नु भयो।
सिंगापुरवाट भर्चुअल कार्यक्रममा जोडिनु भएका प्रदिप रेग्मीले बन्धुहरुवीच हुन पाएको यो भेटले आफूलाई उत्साहित वनाएको वताउनु भयो । दीक्षा रेग्मी, देवी रेग्मी, गरिमा रेग्मी, गोमा रेग्मी, मात्रिका रेग्मी, सन्तोष रेग्मी, लोकराज रेग्मी लगायतले रेग्मी बन्धु समाजको क्रियाशिलताको प्रशंसा गर्नु भयो ।