जेष्ठ रेग्मी बन्धुहरु सम्मानित


कौशिक गोत्रीय रेग्मी बन्धु समाजले आफ्ना नियमित क्रियाकलापहरु र नयां कार्यक्रमहरुको  प्रभावकारिता बढाउदै लगेको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ  १५ गते चार जना जेष्ठ रेग्मी बन्धुहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा खोटांगका केदार प्रसाद रेग्मी ९४ वर्ष, पाल्पाका गणेश प्रसाद रेग्मी ९३ वर्ष र कमलादेवी रेग्मी ९० वर्ष र  लमजुंगकी  सरस्वती रेग्मी ८९   वर्षका रहेका छन् । कौशिक गोत्रीय रेग्मी बन्धु समाजले ८४ वर्ष पूरा गरेका रेग्मीहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार यस्तो सम्मान गरेको हो । सम्मान कार्यक्रम नियमित जारी रहने कुरा समाजका अध्यक्ष निल प्रसाद रेग्मीले जनाउनु भएको छ।

कौशिक गोत्रीय रेग्मी बन्धु समाजले सम्मान पत्रमाकर्म, संस्कार र साधनाको प्रेरणास्रोत– रेग्मी कुलका जीवन्त गौरवलाई सम्मान भन्दै कौशिक गोत्रीय रेग्मी वंशका गौरवशाली प्रेरणास्रोत, ८४ पूजा तथा सहस्रचन्द्रदर्शन (१००० चन्द्रदर्शन) गरिसक्नु भएका, धर्म, संस्कार र मूल्यमान्यताका जीवित प्रतीक, हाम्रो वंशका दीपस्तम्भस्वरूप तपाईंप्रति कृतज्ञता, श्रद्धा र उच्च सम्मान प्रकट गर्दै यो सम्मानपत्र समर्पण गर्न पाउंदा कौशिक गोत्रीय रेग्मी बन्धु समाज परिवार गौरवान्वित भएको छ ।यहांको दीर्घ जीवनको अनुभवले हामी सबैलाई संस्कार, साधना, संयम र सत्कर्मको बाटो देखाएको छ।  आध्यात्मिक उचाइ, कुल–वंशको रक्षा र समृद्धिका निम्ति यहांबाट भएका समर्पणहरू हामी सबैको प्रेरणाको साश्वत श्रोत बनेका छन्।कौशिक गोत्रीय रेग्मी वंशको संरक्षण, संस्कारको जगेर्ना र नैतिक मूल्यहरूको पुस्तान्तरणमा यहांको योगदान अतुलनीय रहेकोछ।यस महान योगदानको स्मरणस्वरूप सुख, शान्ति, र सुस्वास्थ्य दीर्घ जीवनको कामनाका साथ यो सम्मान पत्र प्रदान  गरिएको व्यहोरा उल्लेख गरिएकोछ।

आज सम्मानित हुने केदार प्रसाद रेग्मीले खोटांगका रेग्मीहरुको वंशावली र अन्य पुस्तकहरु प्रकाशन गर्नु भएको छ भने गणेश प्रसाद रेग्मी निजामती प्रशासनमा लगभग चालीस वर्ष सेवा गर्नु भएको थियो ।दुवै जनाले रेग्मीहरुको वंशावली निर्माणमा अतुलनीय योगदान दिनु भएको कौशिक गोत्रीय रेग्मी बन्धु समाजले जनाएको छ ।

समाजले चैत्र ७ गते देखि बौध्दिक बहस श्रृंखलाको आयोजना गर्दै आएको छ । जसअनुसार चैत्र  ७ गतेका दिन डा. दामोदर रेग्मी व्दारा कौशिक देखि वर्तमान सम्म विषयमा कार्यपत्र पेश गर्नु भएको थियो भने बैशाख महिनाको श्रृंखलामा नगेन्द्रराज रेग्मीले पूर्वीय भागका रेग्मीहरुको वंश विस्तारको रोचक प्रसंग विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो र उक्त कार्यपत्रमा प्रा. डा. दानराज रेग्मीले टिप्पणी गर्नु भएको थियो ।

यसै गरि जेठ ११ गते आयोजित रेग्मी लिमिठानाका रेग्मीहरुको घडिलौरो कथा र अन्य रोचक प्रसंगहरु विषयमा योगेन्द्र रेग्मीले कार्यपत्र प्रस्तुत गर्नु भएको र सो मा कमलदेव रेग्मीले टिप्पणी गर्नु भएको थियो । बौध्दिक बहस मासिक कार्यक्रमका सवै प्रस्तुतिहरुको सामयिक प्रकाशन र वेवसाइटमा राखिने कुरा कौशिक गोत्रीय रेग्मी बन्धु समाजले जनाएको छ ।

कोषाध्यक्ष बुध्दि प्रसाद रेग्मीले युरोपमा फैलिएको रेग्मी समुदायलाई आपसमा जोड्ने उद्देश्यले जर्मनीको ह्यामबर्ग निवासी चण्डी रेग्मी वाट युरोपका रेग्मीहरु समाजको सञ्जालमा जोड्ने कार्य भैरहेको माल्टामा कमल रेग्मी युएई दुबईमा रुद्रमणि रेग्मी लगायतवाट र सिंगापुरमा प्रदीप रेग्मी वाट समन्वय भैरहेको वताउनु भयो।  चण्डी रेग्मी र रुद्रमणि रेग्मीले समाजको कामलाई विदेशमा समन्वय गर्न पाउंदा खुशी लागेको वताउनु भयो । थलारा र चितवनमा प्राप्त जग्गाहरुमा अव निर्माण कार्य वढाउने सोचाइ रहेको उहांले वताउनु भयो ।

समाजका अनुसार विभिन्न मुलुकहरूमा बसोबास गरिरहेका कौशिक गोत्रीय रेग्मीहरूको विवरण संकलन, बसाइसराइको पृष्ठभूमि, हालको अवस्थाबारे जानकारी व्यवस्थापन तथा सामाजिक सञ्जाल सुदृढ गर्न सम्पर्क संयन्त्रको व्यवस्था गरिएको हो।यी सम्पर्क संयन्त्रहरुले अब विभिन्न स्थानरूमा रहेका रेग्मीहरूसँग समन्वय गर्दै विवरण संकलन, आगामी कार्यक्रमहरूको तयारी र समाजका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको