
पोखरा, २१ असार । कौशिक गोत्रीय रेग्मी बन्धु समाज केन्द्रीय कार्य समिति र गण्डकी प्रदेश समितिको संयोजन र जिल्ला कार्य समिति कास्कीको आयोजनमा पोखरामा एक भव्य समारोहका वीच ८४ वर्ष उमेर पूरा गरिसक्नु भएका २७ जना जेष्ठ रेग्मी बुवा आमाहरुलाई सम्मान गरेको छ । ८४ वर्ष उमेर पूरा गरिसक्नु भएका वा ८४ पूजा गरिसक्नु भएका जेष्ठ रेग्मी बन्धुहरुलाई सम्मान गर्ने समाजको वार्षिक कार्यक्रम अनुरुप यस्तो कार्यक्रम गरिएको समाजले जनएको छ।
यसरी सम्मानित हुनु हुने हरुमा पोखराका सुरेन्द्र राज रेग्मी, राधा देवी रेग्मी, कुन्तीदेवी रेग्मी, एकनाथ रेग्मी, गौती रेग्मी, विष्णुमाया रेग्मी, डिल्लीराम रेग्मी, राधा देवी रेग्मी, खेमानन्द रेग्मी, नन्दीकुमारी रेग्मी, दमयन्ती रेग्मी, टुल्की रेग्मी, शालिकराम पाध्या रेग्मी, रुपाका जमुना रेग्मी र सन्तुमाया रेग्मी पुतलीवजार स्यांजाका मुक्ति प्रसाद उपाध्याय रेग्मी र पूर्ण प्रसाद उपाध्याय रेग्मी रहेका छन् । यसै गरि अन्य सम्मानितहरुमा टुना कुमारी रेग्मी,खिम प्रसाद रेग्मी, मोतिकला रेग्मी, द्रौपदी रेग्मी, तेज प्रसाद रेग्मी, धनकुमारी रेग्मी, लिलाधर रेग्मी, मोति प्रसाद रेग्मी, गुमादेवी रेग्मी र चेत कुमारी हमाल रेग्मी रहनु भएको छ। यसै गरि समाजका सल्लाहकार भिमराज रेग्मी लाई उहांको योगदान स्वरुप कदर पत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रमको शुरुवात राष्ट्रिय गान र कुल पितृहरुलाइ स्मरण वाट भएको थियो। समाजका गण्डकी प्रदेश समितिका सचिवको उद्घोषणमा संचालित उक्त कार्यक्रममा जिल्ला समिति कास्कीका अध्यक्ष सह प्रा. डा. भोलानारायण रेग्मीको सभापतित्वमा संचालन भएको थियो। समाजका केन्द्रीय अध्यक्ष निल प्रसाद रेग्मीले पानसमा बत्ती वाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो र सो अवसरमा बटुकहरु इश्वर रेग्मी, सुदीप रेग्मी र प्रकाश रेग्मी बाट वैदिक मन्त्रोच्चारण गरिएको थियो। जिल्ला समिति कास्कीका उपाध्यक्ष शिव रेग्मीले स्वागत मन्तव्य राख्ननु भएको थियो।
प्रमुख अतिथिको आसनवाट अध्यक्ष निल प्रसाद रेग्मीले उद्घाटन मन्तव्य दिदै कौशिक गोत्रीय रेग्मी बन्धु समाजले देशभरिका रेग्मी बन्धुहरुलाई एकताको पक्षमा रहेको, रेग्मीहरुको उद्गमस्थल बझांगको थलाराको रेगमलाई रेग्मीहरुको पितृउध्दारस्थलको रुपमा विकास गर्ने गुरुयोजना बनिरहेकोछ । सो लक्ष्य अनुरुप कार्य गर्दै आएको वताउंदै ८४ वर्ष पुरा गर्नु भएका अग्रज रेग्मीहरुलाइ सम्मान गर्न पाउंदा धेरै खुशी लागेको र यस कार्यक्रमका परिकल्पनाकार समाजका केन्द्रीय सदस्य तथा सचिवालय सदस्य डा. दामोदर रेग्मी रहनु भएको बताउनु भयो। कौशिक गोत्रीय रेग्मी बन्धु समाजको संयन्त्रलाई गण्डकी प्रदेशमा वलियो वनाउन यहांहरु सवैको सकारात्मक भूमिका रहने कुरा वताउनु भयो। समाजका उपाध्यक्ष प्रा. डा. दानराज रेग्मीले कौशिक गोत्रीय रेग्मी बन्धु एकता आजको अपरिहार्य आवश्यकता हो यसमा हामी सवै दिलोज्यानले लागिरहेका छौ भन्नु भयो। समाजका केन्द्रीय सदस्य तथा सचिवालय सदस्य डा. दामोदर रेग्मीले समाजले विभिन्न सकारात्मक कार्यहरु गर्दे आएको छ र यस प्रकारको कार्यक्रम सम्बन्धित जिल्ला र प्रदेशहरुमा गर्दै जाने कार्यक्रम रहेको वताउनु भयो। बृहद रेग्मी एकताको सन्देश प्रवाह गर्न हामी सवै कृत संकल्पित छौं र यसमा गण्डकी प्रदेशको भूमिका प्रभावकारी रहेको छ भन्नु भयो। उहांले भन्नु भयो मासिक रुपमा संचालित हुदै आएको गुगल मिटमा आधारित बौध्दिक बहस श्रृंखलामा गण्डकी प्रदेशको सहभागिता बक्ता र श्रोता दुवै रुपमा प्रभावकारी रहने नै छ ।
कोषाध्यक्ष बुध्दि प्रसाद रेग्मीले बझांगको थलारा र चितवनमा प्राप्त जग्गाहरुमा निर्माणका प्रारम्भिक कार्यहरु हुदै गरेको र आगामी दिनमा मन्दिर लगायतका पूर्वाधार निर्माणका लागि श्रोत जुटाउने कार्य भैरहेको वताउनु भयो। रेग्मी एकता गर्ने प्रयोजनका लागि गठित तदर्थ समितिका सहसंयोजक विष्णुमणि रेग्मीको लिखित शुभकामना सन्देश बाचन गरेर सुनाइएको थियो ।
यसै गरि समाजका गण्डकी प्रदेश समितका कार्यवाहक अध्यक्ष अन्जु रेग्मीले यस प्रकारको कार्यक्रम गण्डकी प्रदेशमा गर्न पाउनु खुशीको कुरा भएको वताउनु भयो। केन्द्रीय सल्लाहकार भीमराज रेग्मीले आफू समाजवाट सम्मानित हुन पाउंदा गौरवान्वित भएको महशुस गर्दै कौशिक गोत्रीय रेग्मी बन्धु समाजले सकारात्मक कार्यहरु शुरु गरेको र एकीकृत रेग्मी समाज को श्रीवृध्दिमा काम गर्दै जानुपर्दछ भन्नु भयो। सभापतिको आसनवाट सह प्रा. डा. भोलानारायण रेग्मीले यस प्रकारको सत्कर्म गर्न पाउंदा आफू हर्षित भएको यसमा सबैवाट प्राप्त सहयोग प्रति आभारी रहेको वताउनु भयो।
कार्यक्रममा समाजका समाजका केन्द्रीय सदस्य तथा सचिवालय सदस्यहरु डा. सुदर्शन प्रसाद रेग्मी, हीरामाया रेग्मी, गोविन्द प्रसाद रेग्मी, केन्द्रीय महिला समितिका संयोजक उमा रेग्मी, प्रदेश र जिल्लाहरुका विभिन्न पदाधिकारीहरु समेत गरि १३० जना भन्दा बढीको उपस्थिति रहेको थियो।
समाजले यसपूर्व पाल्पाका चुडामणी बन्धु रेग्मी, गणेश प्रसाद रेग्मी, कमला देवी रेग्मी, खोटांगका केदार प्रसाद रेग्मी, लमजुङका निल प्रसाद उपाध्याय रेग्मी, मादौ प्रसाद रेग्मी, सरस्वती रेग्मीलाई सम्मान गरिसकेको कौशिक गोत्रीय रेग्मी बन्धु समाजले जनाएकोछ ।