पर्सामा आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ


वीरगन्ज, आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। अमेरिका स्थित बाल यौन दुर्व्यवहार अनुसन्धान संस्था नेकमेक (NCMEC) बाट प्राप्त Cyber Tipline Report 207962886 को आधारमा उनलाई पक्राउ गरिएको हो।

पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गर्दै आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ती बाबुलाई पक्राउ गरिएको हो। घटना सम्बन्धी जानकारी नेकमेकबाट नेपाल प्रहरीको साइबर ब्युरोमार्फत पर्सा प्रहरीलाई प्राप्त भएको थियो।

अनुसन्धानका क्रममा अभियुक्तले आफ्नो Gmail खातामा तथा Google Drive मा अश्लील तस्बिरहरू राखेको खुलेको छ। साथै, उनले प्रयोग गरेका तीनवटा मोबाइल नम्बरको विवरण विश्लेषण गरिएपछि पर्सा जिल्लाको छपकैया प–१ बसोबास गर्ने एक पुरुषलाई नियन्त्रणमा लिइएको हो। उनको परिचय गोप्य राखिएको छ।

प्रहरीले २२ चैतमा अभियुक्तलाई नियन्त्रणमा लिए पनि यसबारे मंगलबार मात्रै सार्वजनिक गरिएको हो। पक्राउपछि प्रहरीले उनका साथबाट सम्बन्धित अश्लील भिडियोसमेत बरामद गरेको जनाएको छ।

हाल प्रहरी टोलीले उनलाई करणीसम्बन्धी कसुर र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको छ। पर्सा जिल्ला अदालतबाट अभियुक्तका लागि सात दिनको म्यादसमेत थप गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको