दार्चुला — वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार, सामाजिक सञ्जालमा भिडियो भाइरल


दार्चुला — नेकपा एमालेबाट निर्वाचित ब्यास गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र सिंह कुवरले सेवाग्राहीसँग दुर्व्यवहार गरेको घटनाले अहिले सामाजिक सञ्जाल तातेको छ।

सेवाग्राहीले वडामा सेवा सम्बन्धी जानकारी लिन खोज्दा वडाध्यक्ष कुवरले उल्टै गालीगलौज गर्नुका साथै आक्रोशित हुँदै झम्टिन समेत खोजेको भिडियो अहिले तीव्र गतिमा भाइरल भइरहेको छ। भिडियोमा वडाध्यक्षको आक्रोश र अमर्यादित व्यवहार स्पष्ट देखिन्छ।

स्थानीय बासिन्दाहरूले वडाध्यक्षको यस प्रकारको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले जनप्रतिनिधिबाट यस्तो व्यवहार अपेक्षित नरहेको भन्दै कारवाहीको माग समेत उठाएका छन्।

यस विषयमा वडाध्यक्ष कुवरको प्रतिक्रिया लिन खोज्दा उनी टिप्पणी गर्न चाहँदैनन् भनेका छन्। ब्यास गाउँपालिकाले घटनाको छानबिन गर्ने तयारी गरिरहेको जनाएको छ।

https://www.facebook.com/share/v/1L3v3MD4ab/?mibextid=wwXIfr

नागरिक पाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको