कैलाली, लम्की — Global Money Week (GMW)–2026 को अवसरमा Garima Bikas Bank, Lamki Branch ले उज्यालो शिक्षा सदन, कैलालीका +2 तहका विद्यार्थीहरूका लागि एक विशेष वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, बचत गर्ने बानी, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा आर्थिक अनुशासनका विषयमा जानकारी दिइयो। “Listen, Learn, Earn, Secure” भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले आर्थिक जीवनचक्रबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए।
कार्यक्रममा शाखा प्रबन्धक कमल जैसीको प्रमुख उपस्थिती रहेको थियो। साथै, बैंकका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम समापनका अवसरमा बोल्दै शाखा प्रबन्धक कमल जैसीले भने,
“आजका विद्यार्थीहरू भोलिका जिम्मेवार नागरिक र आर्थिक निर्णयकर्ता हुन्। सानैदेखि बचत, लगानी र वित्तीय अनुशासनको ज्ञान दिन सकेमा उनीहरूको भविष्य सुरक्षित र सुदृढ बनाउन सकिन्छ।”
उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै जिम्मेवार आर्थिक व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रम अन्त्यमा सहभागी विद्यार्थीहरूले पनि यस्ता उपयोगी कार्यक्रमले आफूहरूलाई भविष्यका लागि तयार हुन मद्दत पुगेको प्रतिक्रिया दिएका थिए।







तपाईको प्रतिक्रिया !