रेग्मी बौध्दिक बहस श्रृंखलामा कमलराज रेग्मीको साहित्यिक व्यक्तित्वमा चर्चा

नागरिक पाना
२०८३ भाद्र १, सोमबार ०४:०१

कौशिक गोत्रीय रेग्मी बन्धु समाज  व्दारा नियमित रुपमा आयोजना हुदै आएको मासिक बौध्दिक बहस श्रृंखलामा  अन्तरगत को १० औ श्रृंखलामा र  स्व. कमलराज रेग्मीको साहित्यिक व्यक्तित्व  विषयमा चर्चा भयो। सो कार्यक्रमका प्रमुख वक्ता प्रा. डा. खेम कोइराला बन्धुले कमलराज रेग्मी बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो साहित्य त्यमध्येको प्रमुख आयाम थियो भन्नु भयो। किसान भएको हैसियतले उहांमा मार्क्सवादको प्रभाव रहेको थियो उहांका विविध दर्शनहरु उहांका साहित्यमा प्रतिविम्वित भएका छन्।  राजनीतिक रुपमा उहांको आस्था कुनै वाद वा विचार प्रति भएपनि समाज समाजसेवा उहांको मूल मान्यता थियो जुन कुरा उहांका साहित्यमा प्रस्ट रुपमा देखिएका छन् उहांले भन्नु भयो। एउटा कुशल साहित्यकारको हैसियतले उहांको सानिध्यता विभिन्न साहित्यकारहरुसंग रहनु स्वभाविकै हो साथै साहित्यका विभिन्न सर्जकहरुवाट उहां प्रभावित भएपनि उहांको साहित्यमा छुट्टै विशिष्टता भने रहेको थियो उहांले बताउनु भयो। कमलराज रेग्मीको यस आदर्शलाई थप जीवन्त बनाउन उहाको अन्य आयाम वारे थप अनुसन्धान र प्रकाशन हुनु पर्ने र यसले समाजलाई योगदान समेत गर्न सक्नु पर्दछ  उहांले बताउनु भयो।

साहित्यकार विवेक शर्मा गौतमले कमल राज रेग्मी लाई हामी राजनीतिक व्यक्तिको रुपमा मात्र चिन्ने गर्दथ्यौ तर उहांको साहित्यिक आयाम वारे अनभिज्ञ थियौ कौशिक गोत्रीय रेग्मी बन्धु समाजले यो काम गरिदिएकोमा समाज प्रति आभारी छौं भन्नु भयो। समाजका उपाध्यक्ष टिकाराम रेग्मीले मैले कमलराज रेग्मीको साहित्यिक पक्षलाई अझ फराकिलो दृष्टिले बुझ्ने अवसर पाएँ कुनै व्यक्तिको योगदानलाई उसको एउटा मात्र परिचयबाट मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन रहेनछ राजनीतिक जीवनसँगै उसको साहित्यिक, सामाजिक, सांस्कृतिक र बौद्धिक योगदानलाई पनि हेर्नुपर्ने रहेछ कमलराज रेग्मीको जीवन यसका लागि एउटा राम्रो उदाहरण हो भन्नु भयो। समजका अर्का उपाध्यक्ष प्रा. डा. दानराज रेग्मीले कमलराज रेग्मीलाई हामी वामपन्थी व्यक्तित्वको रुपमा मात्र वढी चिन्ने गर्दथ्यौं उहांङ्को साहित्यिक तथा अन्य व्यक्तित्व अव अध्ययन अनुसन्धानको क्षेत्र बन्नु पर्दछ भन्नु भयो। सो कार्यक्रमको अध्यक्षता गरिरहनु भएका कौशिक गोत्रीय रेग्मी बन्धु समाजका अध्यक्ष निल प्रसाद रेग्मीले २०१५ सालमा पाल्पावाट दुइ रेग्मी दाजुभाइ सांसदमा निर्वाचित हुनुभएको थियो केही दिन अगाडी अच्यूतराज रेग्मीको पुस्तक विमोचनमा सहभागी हुने अवसर प्राप्त भयो र आज बहु आयामिक व्यक्तित्व कमलराज रेग्मी वारे चर्चा गर्न पाउनु खुशीको कुरा हो कमलराज रेग्मी र रेग्मी कूलका अन्य व्यक्तित्वलाई थप उचाइमा पुर्याउने दायित्वमा समाज क्रियाशील छ र यसैको एउटा प्रयास स्वरुप यो बौध्दिक श्रृंखलाको आयोजना गरिएको हो उहांले बताउनु भयो। रेग्मी समाजको उत्थान र सहकार्यका लागि कमलराज रेग्मी पुत्र डा. प्रकाश राज रेग्मीलाई अनुरोध गर्दछु भन्नु भयो।

कमलराज रेग्मीका पुत्र प्रकाश राज रेग्मीले बुवाको स्मृतिमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा समाज र कार्यक्रम संयोजक डा. दामोदर रेग्मीलाई धन्यवाद दिन्छु भन्दै आगामी बर्ष बुवाको शत वार्षिकी भएको ले सो अवसरमा यस कार्यक्रममा दिइएका सुझावलाई यथासंभव कार्यान्वयनमा ल्याइने बताउनु भयो। कौशिक गोत्रीय रेग्मी बन्धु समाजको तर्फवाट मासिक बौध्दिक बहस कार्यक्रमको संयोजन र संचालन गर्दै आइरहनुभएका डा. दामोदर रेग्मीले कमल राज रेग्मीको बहु आयामिक व्यक्तित्वलाई केही समयमा व्यक्त गर्नु आफैमा चुनौतीपूर्ण कार्य हो र यसमा विव्दान प्रा. डा. खेम कोइराला बन्धुले जुन उत्कृष्ट प्रस्तुति गरिदिनु भयो यसको लागि कार्यक्रम संयोजक र समाजको तर्फवाट आभार प्रकट गर्दछौं भन्नु भयो।यस्तो कार्यक्रम आयोजनाले रेग्मीहरुको स्थानीय र लुकेको पहिचानलाई विस्तार गर्न सहयोग पुगिरहेको कुरा वताउनु भयो।

कौशिक गोत्रीय रेग्मी बन्धु समाजले २०८१ चैत्रदेखि मासिक बौध्दिक बहस कार्यक्रम संचालन गर्दै आइरहेको छ जसमा पहिलो श्रृंखलामा  डा. दामोदर रेग्मीले कौशिक ऋषि र रेग्मीहरु, दोश्रो श्रृंखलामा साहित्यकार नगेन्द्र रेग्मीले नेपालको पूर्वी भेकमा रेग्मीहरुको विस्तारका रोचक प्रसंगहरु, तेश्रो श्रृंखलामा योगेन्द्र रेग्मीले पर्वत लिमिठानाका रेग्मीहरु र घडीलौरोको कथा, चौथो श्रृंखलामा हेमराज जोशी रेग्मीले रेगम गाउंको महत्व र बझांगवाट रेग्मीहरुको अन्यत्र विस्तार, पाचौं श्रृंखलामा माधव प्रसाद रेग्मीले रेग्मी समाजको निर्माणमा दाउन्ने भेला र अन्य भेलाहरुको महत्व, छैठौं श्रृंखलामा तेजराज जोशी रेग्मीले रेगम खप्तड कृषि आध्यात्मिक परियोजना, सातौं श्रृंखलामा डा अम्बिका रेग्मीले बुहारीको नजरमा रेग्मी, आठौं श्रृंखलामा विष्णुमणि रेग्मीले कौशिक गोत्र र रेग्मी वंश र नवौ श्रृंखलामा, डा. मनीषा रेग्मीले रेग्मी वंशको गौरवपूर्ण इतिहास वर्तमान र भविष्यको लागि उर्जा विषयमा प्रस्तुति गरिसक्नुभएको कुरा समाजका महासचिव तथा बौध्दिक बहस कार्यक्रमका संयोजक डा. दामोदर रेग्मीले जानकारी गराउनु भयो।गुगल मीटमा आधारित यस भर्चुअल कार्यक्रममा कमल रेग्मी, प्रमी श्रेष्ठ, पुस्कर अथक रेग्मी, देवी रेग्मी, चिरन्जिवी शर्मा, दीक्षा रेग्मी, गणेश प्रसाद रेग्मी, उपासना रेग्मी, पवन थापा लगायतको सहभागिता रहेको थियो।